नीति तथा कार्यक्रम : एक हजार सार्वजनिक शौचालय बनाइने

हिमाल प्रेस ५ जेठ २०८० १७:२०
8
SHARES
नीति तथा कार्यक्रम : एक हजार सार्वजनिक शौचालय बनाइने

काठमाडौँ- सरकारले सार्वजनिक स्थानमा एक हजार सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ।  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा एक हजार शैचालय बनाइने बताए।

शहरी तथा राजर्माग वपरपरि यात्री, पर्यटक, सेवाग्राही र अत्याधिक चाप हुने सार्वजनिक स्थलमा नीजि तथा सामुदायिक साझेदारीमा एक हजार सुविधासम्पन्न सार्वजनिक शैचालय र स्थल निमार्ण गरिने बताए।

सरकारले अन्तर्राष्ट्रिय चलचित्र छायांकन गर्नका लागि नेपालका आकर्षक स्थलहरुलाई प्रवर्द्धन गर्ने भएको छ। आगामी वर्षको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा चर्चित एवम् लोकप्रिय व्यक्तित्वलाई आमन्त्रण गरी पर्यटन प्रवर्द्धन गरिने जनाइएको छ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको भूगोल, कला, साहित्व, संस्कृती, पर्यटनको प्रवद्र्धन गर्न विदेशी नागरिकलाई निजी क्षेत्रको सहकार्यमा सगरमाथा सम्मान कार्यक्रम सुरु गरिने भएको छ।

 

प्रकाशित: ५ जेठ २०८० १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =