अर्थतन्त्रका सूचकहरू हेर्दा मुलुक अफ्ठ्यारोमा छ : पूर्वअर्थमन्त्री पौडेल

हिमाल प्रेस २ जेठ २०८० १८:३२
6
SHARES
अर्थतन्त्रका सूचकहरू हेर्दा मुलुक अफ्ठ्यारोमा छ : पूर्वअर्थमन्त्री पौडेल फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक हेर्दा मुलुक अप्ठ्यारो अवस्थामा देखिएकाे बताएका छन्। मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा उनले अर्थतन्त्र चरम समस्या र चुनौतीमा पुगेको बताएका हुन्।

यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भनेर सरकारले जवाफ दिनुपर्ने उनको भनाइ थियो। मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्नको लागि सरकारले अर्थ समितिलाई सँगै लिएर जानुपर्ने उनको भनाइ थियो। ‘मुलुकको अर्थतन्त्रका सूचकहरू हेर्दा अफ्ठ्यारो अवस्थामा छौँ,’ उनले भने, ‘अर्थतन्त्रका समस्या र चुनौतीको बीचमा सरकार कसरी अगाडि बढ्छ जवाफ दिनुपनर्छ।’

आगामी बजेटमा अर्थमन्त्रालय, राष्ट्र बैंक, प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित आर्थिक सूचकहरूबारे अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बसाउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २ जेठ २०८० १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =