नक्कली शरणार्थी प्रकरणमा भीम रावलले गरे प्रहरीको प्रशंसा

हिमाल प्रेस २६ वैशाख २०८० १७:४१
14
SHARES
नक्कली शरणार्थी प्रकरणमा भीम रावलले गरे प्रहरीको प्रशंसा

काठमाडौँ-  नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा खोज अनुसन्धानका लागि नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

रावलले राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘शरणार्थी प्रकरणमा नेपाल प्रहरीले अहिले जुन काम गरेको छ, एकदम राम्रो छ। निर्भीकतापूर्वक अघि बढ्नुपर्छ।’

उनले यसमा कुनै पनि तहको राजनीतिक नेताले अपराधीलाई जोगाउने खेल खेलेछ भने यो नेपाल राष्ट्रको विरुद्धमा अपराध र जनताप्रतिको गद्दारी ठहरिने बताए।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिनेछ।’ रावलले नक्कली भुटानी शरणार्थी प्रकरण २००७ साल यताकै देश र जनताविरुद्धको सबै भन्दा ठूलो प्रकरण भएको दाबी गरे।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सवैलाई कानुनी दायरामा ल्याउनुपर्छ।’ नक्कली भूटानी शरणार्थी प्रकरण ठगी मात्रै नभई मानव बेचबिखन र राज्यविरुद्धको अपराध भएको उनको भनाइ छ।

उनले विगतमा देशमा भएका भ्रष्टाचारका ठूला काण्ड दबाउने काम भएको भन्दै अहिले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउने आशंका रहेको बताए। उक्त प्रकरणमा फरार टोपबहादुर रायमाझीलाई खोज्ने काम राज्यको भएको पनि उनले बताए।

प्रकाशित: २६ वैशाख २०८० १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =