भीम रावलसँग संवाद गर्न एमालेले बनायो तीन सदस्यीय वार्ता टोली

हिमाल प्रेस १८ चैत २०७९ १६:५३
26
SHARES
भीम रावलसँग संवाद गर्न एमालेले बनायो तीन सदस्यीय वार्ता टोली

काठमाडौँ– नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पुन: एमालेमै फर्काउन संवादका लागि तीन सदस्यीय टोली गठन गरेको छ।

शनिबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले रावलसँग संवादका लागि तीन सदस्यीय टोली गठन गर्ने निर्णय गरेको हो।

वार्ता टोलीमा उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र प्रदेश अध्यक्ष कर्ण थापा सदस्य छन्।

पूर्वउपाध्यक्ष रावल दशौं महाधिवेशनपछि पार्टीको विधि विधानबाहिर रहेर पार्टीको गतिविधिमा संलग्न नरहेकाले संवाद गर्न पौडेल नेतृत्वको टोलीलाई जिम्मा दिइएको पार्टीका प्रवक्ता एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रकाशित: १८ चैत २०७९ १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =