ओली र रावलबीच करिब २ वर्षपछि भेट, के भयाे कुराकानी?

हिमाल प्रेस ३० साउन २०८० २०:००
38
SHARES
ओली र रावलबीच करिब २ वर्षपछि भेट, के भयाे कुराकानी? एमाले अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओली र पार्टी नेता भीम रावलबीच मंगलबार भेटवार्ता भएको छ। २०७८ मंसिरमा सम्पन्न एमालेको १०औँ महाधिवेशनपछि करिबकरिब बोलचाल बन्द भएका दुई जनाबीच मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा भेट भएको हो।

भेटमा खासै कुराकानी नभएको र फेरि भेट्ने कुरा भएको नेता रावलले बताए। भेटपछि पार्टी कार्यालयबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले धेरैपछि भेट भएको र खासै कुराकानी नभएको बताए। ‘हाम्रो बीचमा भेट नभएको धेरै भएको थियो,’ रावलले भने, ‘आज एकअर्काको भलाकुसारी भयो। के छ कस्तो छ? अहिलेको देशको स्थिति, पार्टीको अवस्था के छ? कस्तो छ? यसमा हाम्रा सोच दृष्टिकोण के छन्? त्यसमा सामान्य कुराकानी भयो।’

महाधिवेशनमा रावलले ओलीविरुद्ध अध्यक्षको उम्मेदवारी दिएपछि ओली र रावलबीच करिबकरिब बोलचाल बन्द थियो। त्यसैको ‘इगो’का कारण गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा रावललाई अध्यक्ष ओलीले चुनाव लड्न टिकट पनि दिएका थिएनन्।

त्यसपछि मंगलबार भएको भेटमा फेरि कुराकानी गर्ने छलफलमात्रै भएको रावलले बताए। ‘फेरि कुराकानी गर्दै गरौँ भन्ने कुरा भयो। धेरै लामो समयपछि भेटघाट भएको हो। उहाँ पार्टीको अध्यक्ष, अध्यक्षसँग धेरै देशविदेशको बारेमा जानकारी हुन्छ, सूचना हुन्छ,’ रावलले भने, ‘अहिलेको स्थिति के छ कस्तो छ भन्ने कुराकानी भयो। फेरि कुराकानी गरौँला भन्ने भयो। यतिमात्रै भयो।’

प्रकाशित: ३० साउन २०८० २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =