मान्छे बेच्नेलाई कानुनी कारबाही होस् : केसी

हिमाल प्रेस २५ वैशाख २०८० १२:००
2
SHARE
मान्छे बेच्नेलाई कानुनी कारबाही होस् : केसी

काठमाडौँ–  जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले मान्छे बेच्ने व्यापारीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सम्बोधन गर्दै नेता केसीले नक्कली भुटानी शरणार्थीलाई बेचबिखन गर्ने राज्य संयन्त्रमा बसेका उच्च व्यक्तित्वहरूमाथि कारबाही गर्न माग गरेका हुन्। उनले यो प्रकरणमा राज्य सत्तामा बसेका महत्त्वपूर्ण व्यक्तिहरू संलग्न भएपछि सदन तातेको बताए।

उनले भने, ‘यसअघि पनि नेपालका शासक र सत्तामा बस्नेहरूले गर्नु नगर्नु गर्थे यस्तै गरी सदन तात्थ्यो। अनि नयाँ काण्ड आउँथे र सदनको ध्यान अर्को तर्फ जान्थ्यो।’ सांसद केसीले यो काण्डलाई भने त्यत्तिकै नछाड्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘काण्डलाई दूधको दूध पानीको पानी बनाइयोस्। मान्छे बेच्ने व्यापारीलाई कडा कारबाही होस्।’

प्रकाशित: २५ वैशाख २०८० १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =