दोषी ठहरिए माओवादीकै नेतालाई पनि कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस २० जेठ २०८० १६:४३
4
SHARES
दोषी ठहरिए माओवादीकै नेतालाई पनि कारबाही गर्छु : गृहमन्त्री श्रेष्ठ फाइल तस्बिर।

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धान खेर नजाने बताएका छन्। शनिबार काठमाडौँमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले शरणार्थी प्रकरणमा दोषी देखिए माओवादी पार्टीकै नेता भए पनि कारबाही गर्ने बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणबारे स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने उनले प्रतिबद्धता गरे। आफू राम्रो काम गरेँ भनेर विश्राम गरेर नबस्ने उनको भनाइ थियो।

सुशासनको बाधकका रूपमा जुनसुकै पार्टीको नेता पनि भ्रष्टाचार र अनियमिततामा फेला परे कारबाही गर्न आफू पछि नहट्ने मन्त्री श्रेष्ठको भनाइ थियो। आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) का नेताहरू पनि भ्रष्टाचार काण्डमा, अनियमितता काण्डमा परे भने कारबाही गर्न पछि नहट्ने उनले बताए।

कसैले बढुवा, सरुवाको निम्ति अनियमितता गरेर रकम दिने र लिनेलाई नै जेल हाल्ने उनको चेतावनी थियो। ‘तपाईहरूले अहिले भर्खरै देख्नुभएको छ, आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ सम्पती आर्जन गर्न अर्को देशमा शरणार्थी बनाएर पठाउने योजना,’ उनले भने, ‘त्यो योजना अनुसन्धान, स्वतन्त्र, निष्पक्ष रूपमा गरेर दोषीमाथि कारबाही हुनुपर्छ भनेर गृह मन्त्रालय र नेपाल प्रहरीले न्यायालयमा पेस गर्ने प्रक्रिया भएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =