नक्कली भुटानी शरणार्थी प्रकरण

थुनछेक बहसका लागि रायमाझी र खाण जिल्ला अदालतमा

हिमाल प्रेस २१ जेठ २०८० ११:५९
6
SHARES
थुनछेक बहसका लागि रायमाझी र खाण जिल्ला अदालतमा

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरूलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। आइतबार बिहान काठमाडौँ जिल्ला अदालतमा आरोपीहरूलाई उपस्थित गराइएको हो।

उक्त प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ। हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो।

सो थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने/नपठाउने भन्ने निर्णय लिइन्छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी, खाण, सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम न्यौपानेलगायतले
बयान लिएका हुन्।

पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनामाथि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी ४ वटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =