पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुने

हिमाल प्रेस २४ वैशाख २०८० २०:१४
6
SHARES
पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुने

पोखरा- नेपाल नाट्य प्रतिष्ठान पोखराले नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार गर्ने भएको छ। वैशाख २८ गतेदेखि ३० गतेसम्म हुने सेमिनारमा नेपालसहित भारतबाट पनि विज्ञहरू सहभागी हुने प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र पोखरेलले बताए।

सो सेमिनारमा नेपालबाट प्रतिष्ठान अध्यक्ष डा. पोखरेल, प्राध्यापक डा. सावित्री मल्ल कक्षपती, डा. अशोक थापा, डा. कान्छी महर्जन, डा. नारायणदत्त पन्थ, पुरु लम्साल, तारा पोखरेल, गीता सापकोटालगायतले कार्यपत्र प्रस्तुत गर्नेछन्।

सेमिनारमार्फत नेपाली नाटक तथा भारतीय नेपाली नाटक र रंगमञ्‍चको खोज अनुसन्धान, बहस तथा छलफल गरी निष्कर्ष निकाल्ने र साे निष्कर्षलाई एकीकृत रूपमा प्रकाशन गर्ने उद्देश्य राखिएको छ।

सेमिनारको मुख्य सहयोगी पोखरा प्रज्ञा प्रतिष्ठान हो भने प्रवर्द्धक गण्डकी प्रज्ञा प्रतिष्ठान छ। नेपाली कला, कौशल, संगीत, नाटक, रंगमञ्च तथा समग्र संस्कृति एवं नेपाली साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले सेमिनार गर्न लागेको हो। प्रतिष्ठानकाे स्थापना २०७८ सालमा भएकाे  हाे।

प्रकाशित: २४ वैशाख २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =