घूस लिन महोत्तरीबाट काठमाडौँ आएका प्रहरीका सई पक्राउ

हिमाल प्रेस २२ वैशाख २०८० २१:२०
2.0k
SHARES
घूस लिन महोत्तरीबाट काठमाडौँ आएका प्रहरीका सई पक्राउ

काठमाडौँ- घूस लिन महोत्तरीबाट काठमाडौँ आएका प्रहरीका सई पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत सई विनोद विष्टलाई शुक्रबार घूसबापतको ५० हजार रुपैयाँ नगद र एक लाख रुपैयाँको चेकसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत विष्टले भवन निर्माणसम्बन्धी ठेक्काको म्याद थपका लागि सहजीकरण गरिदिने भन्दै घूस मागेपछि अख्तियारमा उजुरी परेको थियो। विष्ट सोही घूस लिन महोत्तरीदेखि काठमाडौँ आएका थिए। उनी काठमाडौँको बानेश्वरबाट पक्राउ परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

सोही घुस लिन उनी महोत्तरीदेखि आएकामा बानेश्वरबाट पक्राउ परेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।

 

 

प्रकाशित: २२ वैशाख २०८० २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =