प्रधानसेनापति राष्ट्रिय टेनिस वैशाख २८ गतेदेखि

हिमाल प्रेस १९ वैशाख २०८० १९:१७
2
SHARE
प्रधानसेनापति राष्ट्रिय टेनिस वैशाख २८ गतेदेखि

काठमाडौँ- प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८ देखि हुने भएको छ। त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रंगशालाको टेनिस कोर्टमा जेठ ५ गतेसम्म प्रतियोगिता हुने भएको हो।

नेपाली सेना सैनिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी मुनाल बस्नेतले टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता गरिने जानकारी दिए।

२०७८ सालदेखि प्रत्येक वर्ष सुरु गर्न थालिएको प्रतियोगिताले तहगतरूपमा प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धिमा सहयोग पुगिरहेको सेनाको भनाइ छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३५ देखि ७० वर्ष उमेर समूहका खेलाडी आठ विधामा सिंगल, डबल र समूहमा प्रतिस्पर्धा गर्ने जानकारी गराइएको हो। सेनाका अनुसार प्रत्येक विधामा कम्तीमा आठ टोली हुनुपर्नेछ।

प्रतियोगितामा विजयी हुने क्लबले रनिङ ट्रफी प्राप्त गर्नेछ। प्रतियोगितामा पुरुष र महिला सिंगल र समूहगत खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्रदान गरिनेछ। उक्त प्रतियोगितामा भाग लिन चाहने व्यक्ति वा समूहले वैशाख २३ गतेसम्म दर्ता गराउनुपर्ने सेनाको भनाइ छ।

प्रकाशित: १९ वैशाख २०८० १९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =