मिरुना अभिनीत सालैजो सार्वजनिक

हिमाल प्रेस १९ वैशाख २०८० १४:३४
14
SHARES
मिरुना अभिनीत सालैजो सार्वजनिक

काठमाडौँ- अभिनेत्री मिरुना मगर अभिनीत ‘घुम्तीमा जुधेको आँखा’ बोलको सालैजो गीत सार्वजनिक भएको छ। जसमा उनीसँग मोडल रोशन केसी देखिएका छन्। गत शुक्रबार आएको गीत नेपाल युट्युब ट्रेन्डिङमा १३ औँ स्थानमा छ। गीतलाई अहिलेसम्म सवा दुई लाखभन्दा बढीले हेरिसकेका छन्।

मगर समुदायले गाउने सालैजो नेपालको पश्चिमी क्षेत्रको एक प्रसिद्ध लोकगीत हो। गीतमा सुनिल गिरी र मेलिना राईको स्वर रहेको सालैजो छ। त्यस्तै गायक गिरीकै शब्द र संगीत रहेको छ।

मनोज कार्कीको सम्पादन रहेको गीतमा कृष्ण बिकले संगीत संयोजन गरेका छन्। अनिल कृष्ण मानन्धरको छायांकन र निर्देशित गीतको नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन्। गीत गायक गिरीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

प्रकाशित: १९ वैशाख २०८० १४:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =