नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई

हिमाल प्रेस १९ वैशाख २०८० १३:२५
6
SHARES
नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई

काठमाडौँ- सभामुख देवराज घिमिरेले नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा बधाई तथा शुभकामना ज्ञापन गरेका छन्।

सभामुख घिमिरले आज शुभकामना दिँदै खेलको अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग गर्नु विश्वास व्यक्त गरेका छन्।

‘नेपाल एसीसी मेन्स प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’, सभामुख घिमिरेले जारी गरेको शुभकामनामा भनिएको छ, ‘अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु, खेलाडीलाई राज्यका तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँदछु।’

उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ। आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेट (यूएई) लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो।

प्रकाशित: १९ वैशाख २०८० १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =