१० दिन संसद् बैठक स्थगित गरेर विदेश भ्रमणमा जाँदै सभामुख

हिमाल प्रेस ८ चैत २०८० ८:४४
10
SHARES
१० दिन संसद् बैठक स्थगित गरेर विदेश भ्रमणमा जाँदै सभामुख

काठमाडौँ- १० दिने बिदा लिएर सभामुख देवराज घिमिरेसहित शीर्ष राजनीतिक दलका प्रमुख सचेतकहरू विदेश जाने भएका छन्। संसद् सचिवालयका अनुसार उनीहरू आज साँझ पौने ६ बजे स्वीजरल्यान्ड जाने तय भएको हो। भ्रमण टोलीमा सभामुख घिमिरेसहित शीर्ष ४ दलका प्रमुख सचेतकहरू छन्।

भ्रमणमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार जेनेभा जाने संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधिसभाको अर्को बैठक चैत १८ गते बस्नेछ। सभामुखको भ्रमणकै कारण बैठक लामो समय सारिएको हो। बजेट निर्माण र विधेयकहरूमाथि छलफल जारी रहेका बेला बैठक नबस्ने ‘बिजिनेस’ प्रभावित हुने सांसदहरूको गुनासो छ। यता सभामुख निकट स्रोतले भने महत्त्वपूर्ण कार्यक्रम भएकाले भ्रमणमा जानु परेको जानकारी दिएको छ।

अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को सम्मेलनमा भाग लिन उनीहरु ८ दिनका लागि जेनेभा जान लागेको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए। टोली चैत १६ गते नेपाल फर्किने तालिका रहेको छ।

प्रकाशित: ८ चैत २०८० ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =