आजै तीनै क्षेत्रको मतगणना सुरु गरिने

हिमाल प्रेस १० वैशाख २०८० १७:४४
24
SHARES
आजै तीनै क्षेत्रको मतगणना सुरु गरिने

काठमाडौँ- तीनवटा क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना आजै थालिने भएको छ। मतदान सकिएसँगै आजैबाट मतगणना सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनको मतदान भएको थियो।
आयोगले निर्वाचनको परिणाम सार्वजनिक गर्नमा पनि ढिलाइ नगर्ने उनको भनाइ छ। तीनवटै निर्वाचन क्षेत्रमा मतगणना स्थल पनि तयारी अवस्थामा राखिएको छ।

तनहुँ १ बाट निर्वाचित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो।

त्यस्तै बारा २ बाट निर्वाचित जसपाका रामहासयप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यहाँ पनि उपनिर्वाचन गर्नु परेको हो। चितवन २ बाट निर्वाचित रास्वपाका रवि लामिछानेको नागरिकता प्रकरणमा पद खारेज भएपछि यहाँ पनि पुन: निर्वाचन भएको हो।

प्रकाशित: १० वैशाख २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =