इटहरीमा पहिचानवादीको आन्दोलन जारी

हिमाल प्रेस १० वैशाख २०८० १५:१०
10
SHARES
इटहरीमा पहिचानवादीको आन्दोलन जारी

इटहरी– कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै इटहरीमा आन्दोलन गरिएको छ। आइतबार (आज) इटहरीको मुख्य चोकमै पहिचानवादीहरूले आन्दोलन गरेका हुन्।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार अहिले पूर्व-पश्चिम राजमार्गमा आवतजावत गर्ने सवारी साधानमा समस्या भएको छ। मुख्य चोकमा प्रदर्शनसहित पहिचानको आन्दोलन हुँदा यातायात सञ्‍चालन सकसपूर्ण बनेको हो।

‘ठूलो मात्रामा आन्दोलनमा सहभागी संख्या भएका कारण सुरक्षाकर्मी पनि बाक्लो मात्रामा परिचालन गरिएको छ,’ डीएसपी काफ्लेले भने, ‘उच्छृंखल गतिविधि हुन नदिन आवश्यक सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरेका छौं।’

उनका अनुसार धरानबाट इटहरीतर्फ जाने सवारी साधन आँपगाछीबाट पूर्वतर्फ मोडिएका छन्। यस्तै, पश्चिमतर्फबाट आएका सवारी साधन भने बसपार्क हुँदै फूलबारी टोलबाट पठाइएको छ। पूर्वबाट इटहरीतर्फ आएका सवारी साधन पनि बूढीखोला नजिकैबाट दक्षिणतर्फ पठाइएको छ।

प्रकाशित: १० वैशाख २०८० १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =