राप्रपाको आन्दोलनले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी हस्तक्षेप [फोटो फिचर]

हिमाल प्रेस २७ चैत २०८० १४:५८
34
SHARES
राप्रपाको आन्दोलनले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी हस्तक्षेप [फोटो फिचर]

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्नेक्रममा आज काठमाडौँमा प्रदर्शन गरेको छ। त्यस क्रममा सहरका विभिन्न क्षेत्रबाट आएको जुलुस निषेधित क्षेत्र उल्लङ्घन गर्ने प्रयास गरेपछि सिंहदरबार अगाडि भद्रकाली सडकमा प्रहरीसँग झडपसमेत भएको थियो।

जुलुसलाई नियन्त्रण गर्न सामान्य लाठी चार्ज, केही सेल अँश्रुग्यास र पानीको फोहरासमेत प्रयोग गर्नुपर्ने अवस्था आएको प्रहरीले जनाएको छ।

प्रदर्शनका क्रममा आफ्ना केही कार्यकर्ता घाइतेसमेत भएको राप्रपाले जनाएको छ। राप्रपा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीको रुपमा रहेको छ।

प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन र आवागमनमा केही असहज भएको देखिन्थ्यो। सिंहदरबार अगाडिको मुख्य सडकमा झण्डै दुई घण्टादेखि सवारीसाधन चलेका छैनन्।

 

सबै तस्बिर : हिमालप्रेस

प्रकाशित: २७ चैत २०८० १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =