छात्रवृत्ति उपलब्ध नगराए निजी विद्यालयलाई कारबाही गर्ने बालेनको चेतावनी

हिमाल प्रेस ९ वैशाख २०८० ९:१०
92
SHARES
छात्रवृत्ति उपलब्ध नगराए निजी विद्यालयलाई कारबाही गर्ने बालेनको चेतावनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी तथा संस्थागत विद्यालयहरुलाई नियम संगत रूपमा छात्रवृत्ति उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन्।

बालेनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘छात्रवृत्ति सम्बन्धित सम्पूर्ण जानकारी विद्यालयको वेबसाइट तथा सूचनापाटीमा टाँस गरी अभिभावक र विद्यार्थीलाई सूचित गराई नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय, अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ।’

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधानअनुसार निजी तथा संस्थागत विद्यालयहरूले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने स्मरण बालेनले गराएका छन्।

छात्रवृत्तिअन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपांग, महिला, दलित, जनजाति, द्वन्दवपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम छ।

बालेनले लेखेका छन्, ‘अन्यथा कानुन बमोजिम कारवाही अगाडि बढाउन महानगर बाध्य हुनेछ।’

 

प्रकाशित: ९ वैशाख २०८० ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =