बालेनकी शैक्षिक सल्लाहकार अर्यालले यसकारण दिइन् राजीनामा

हिमाल प्रेस ६ असार २०८० १६:३६
160
SHARES
बालेनकी शैक्षिक सल्लाहकार अर्यालले यसकारण दिइन् राजीनामा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शैक्षिक सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन्। मेयर शाहको पछिल्लो गतिविधिबाट आफू असन्तुष्ट भएकाले राजीनामा दिएको उनले बताएकी छन्।

अर्यालले सामाजिक सञ्जालमार्फ राजीनामा दिएको जानकारी दिएकी हुन्। उनी १० महिनाअघि शैक्षिक सल्लाहकारका रूपमा नियुक्त भएकी थिइन्। उनले भनेकी छन्, ‘१० महिनासम्म एक स्वयंसेवकका रूपमा आफ्नो पूर्ण क्षमता प्रयोग गरेर सेवा गरेकी छु। काठमाडौँको युवा नेतृत्वलाई आफ्नो सुधारको लक्ष्य हासिल गर्न सहयोग गर्दै गर्दा दुर्भाग्यवश मेयरका हालैका केही गतिविधिहरू, निर्णय गर्ने दृष्टिकोण र उहाँको प्रत्यक्ष निर्देशनमा गरिएका निर्णय मेरो मूल्यमान्यताविरुद्ध छन्।’

उनले आफ्ना लागि स्वार्थको द्वन्द्वको स्थिति सिर्जना भएको जनाएकी छन्। ‘त्यसैले मैले उहाँको सल्लाहकारको पदबाट राजीनामा दिएकी छु। यस सहरको नागरिकको हैसियतले मैले उहाँलाई शुभकामना र अनुरोधसहित पद त्यागेकी छु’, उनले भनेकी छन्।

उनले पदबाट राजीनामा दिए पनि आफू सार्वजनिक शिक्षा सुधारमा सधैँ लागिपर्ने बताएकी छिन्। अर्यालको परिवार फिल्म व्यवसायसँग सम्बन्धित छ। पछिल्लो समय विवादित भारतीय फिल्म ‘आदिपुरुष’ हलमा चल्न नदिएपछि उनका पति फिल्म हल क्यूएफएक्सका सञ्चालक भास्कर ढुंगानाले महानगरको आलोचना गर्दै आएका छन्।

महानगर र आफ्नो परिवारभित्रको स्वार्थ बाझिएका कारण आफूले राजीनामा दिएको अर्यालको भनाइ छ। अर्यालले हालै मात्र काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुन लागेको कान्तिपुर हिसान शैक्षिक मेलालाई महानगरले बन्द गराएको प्रति पनि असन्तुष्टि जनाएकी थिइन्।

प्रकाशित: ६ असार २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =