बहाल करमा लोभ नगर्न संघीय सरकारलाई बालेनको आग्रह

हिमाल प्रेस ४ असार २०८० १७:०२
4
SHARES
बहाल करमा लोभ नगर्न संघीय सरकारलाई बालेनको आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले बहाल करमा लोभ नगर्न संघीय सरकारलाई आग्रह गरेका छन्। साथै उनले संविधानले दिएको अधिकार स्थानीय सरकारलाई निर्बाध प्रयोग गर्ने वातावरण तयार गरिदिन संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

बहाल कर संकलनमा संघ सरकारले देखाएको लोभका कारण स्थानीय तह र करदाता समस्यामा परेको भन्दै उनले यस्तो आग्रह गरेका हुन्। प्रमुख शाहले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संविधानले दिएको अधिकार स्थानीय सरकारलाई निर्वाध प्रयोग गर्ने वातावरण तयार गरिदिनुहुन संघीय सरकारलाई आग्रह गर्दछौँ।’

संविधानले स्थानीय तहलाई दिएको एकल अधिकार क्षेत्रभित्रको सूचीमा पर्छ। संविधानको धारा ५७ ९ ४ ० तथा अनुसूची ८ मा यस सम्बन्धी ब्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ ले कुनै व्यक्ति वा संस्थाले घर जग्गा बहालमा दिएकोमा त्यस्तो बहाल रकममा बहाल कर लगाउने अधिकार स्थानीय तहमा निहित रहेको स्पष्ट पारेको छ।

साथै, संविधान तथा सङ्घीय कानुन बमोजिम काठमाडौं महानगरपालिकाले जारी गरेको काठमाडौं महानगरपालिका राजश्व ऐन, २०७५ को परिच्छेद ४, काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०७९ को दफा ४ तथा अनुसूची ६ तथा काठमाडौं महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका, २०७९ ले आफ्नो क्षेत्रभित्रका व्यक्ति वा संस्थाले बहालमा लगाएको भवन, घर वा जग्गाको बहाल कर उठाउने सम्बन्धी व्यवस्था गरेका छन्।

घरबहाल कर : स्वघोषणाकै भर

प्रकाशित: ४ असार २०८० १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =