सहरमा आज 

नाटक मञ्चन, चित्रकला प्रदर्शनी र फिल्मको प्रतिस्पर्धा 

हिमाल प्रेस ९ वैशाख २०८० ६:१७
नाटक मञ्चन, चित्रकला प्रदर्शनी र फिल्मको प्रतिस्पर्धा 

काठमाडौँ- हप्ता पनि कति छिट्टै बितेझैँ लाग्छ। नयाँ ठाउँ घुमेर होस् या केही जानकारीमूलक कार्यक्रममा गएर रमाइलो त पक्कै गर्नुपर्छ। त्यसका लागि उपत्यकामा फिल्म, नाटक, महोत्सव, चित्रकला प्रदर्शनीलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधिलाई प्राथमिकता किन नदिने? कुन-कुन ठाउँमा केकस्ता महोत्सव, जात्रा, फिल्म नाटक, फोटो प्रदर्शनीलगायतका गतिविधि भइरहेका छन् त?

दोस्रो मूलपानी महोत्सव २०७९/८०

काठमाडौँको मूलपानीमा चैत २९ गतेदेखि दोस्रो मूलपानी महोत्सव-२०७९/८० जारी छ। वैशाख ११ गतेसम्म चल्नेछ।  महोत्सवमा खाद्य तथा कृषि सामाग्री, नसरीका बोटबिरुवा, दैनिक जीवनका लागि आवश्यक आवश्यक सम्पूर्ण सामान राखिएको छ। दिउँसो २ बजेदेखि दैनिक फरकफरक परिचित राष्ट्रिय तथा स्थानीय गायक, कलाकारबाट मनोरञ्जनात्मक कार्यक्रम पनि भइरहेका छन्।

महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ राखिएको छ। वृद्धवृद्धा, अशक्त, अपांग बालबालिकालगायतलाई निःशुल्क प्रवेशको व्यवस्था छ।

श्री ऋषेश्वर महादेव संरक्षण क्षेत्र परिसर समाज र मूलपानी युवा समाज मूलपानी ६ काठमाडौँको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो। कृषि घरेलु हस्तकलाको विकास गरौँ, साहित्य संस्कृतिको संरक्षण र प्रवर्धन गरौँं भन्ने महोत्सवको नारा छ।

भक्तपुरदेखि कान्तिपुरसम्म

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा ‘भक्तपुरदेखि कान्तिपुरसम्म’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। १९ अप्रिल अर्थात् वैशाख ६ गते सुरु भएको प्रदर्शनी जेठ ५ सम्म चल्नेछ। भक्तपुरका कलाकारहरुले परम्परागत र समसामयिक चित्रकला प्रदर्शनीमा राखेका छन्।

लोक चित्रकारको ‘एकल कला प्रदर्शनी’

ठमेलको मोना (म्युजियम अफ मोर्डन आर्ट) कला संग्रहालयमा लोक चित्रकारको एकल कला प्रदर्शन भइहेको छ। लोक चित्रकार नेपाली परम्परागत कला पौभाचित्र सिर्जना गर्छन्। पौभाचित्रमा विशिष्ट स्थान हासिल गरेका लोक चित्रकारको यो छैटौँ एकल कला प्रदर्शनी हो।

चैत १२ गतेदेखि जारी प्रदर्शनी २६ अप्रिल अर्थात वैशाख १३ सम्म चल्नेछ। प्रदर्शनीमा लोक चित्रकारका मास्टरपिस कामदेखि, प्रिन्ट र केही स्केचसमेत समावेश छ। सन् १९९० मै उनको एकल कला प्रदर्शनी जापानमा भएको थियो। नेपाली परम्परागत कलाको मध्यकालीन शैली र प्रवृत्तिका चित्र छन्।

गुरुकुलमा ‘मार्क्स  फर्किए’

नयाँ बानेश्वरको थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा ‘मार्क्स फर्किए’ नाटक मञ्चन जारी छ। चैत १७ गतेदेखि मञ्चन सुरु भएको नाटक दोस्रोपटक मञ्चन भएको हो। नाटक वैशाख ९ गतेसम्म चल्नेछ। यो नाटक अमेरिकी इतिहासकार हवार्ड जिनद्वारा लिखित नाटक ‘मार्क्स इनसोहो’को नेपाली संस्करण हो। नाटकको नेपाली अनुवाद प्रवीण खतिवडाले गरेका हुन्।

नाटकको परिकल्पना तथा निर्देशक सुनिल पोख्रेल र प्रवीण खतिवडा हुन्। नाटकमा कार्ल माक्र्सले एक सय ४० वर्षअघि बिताएको जीवनलाई प्रस्तुत गरिएको छ। कार्ल मार्क्सको भूमिकामा निर्देशक पोखरेल र पत्निको भूमिकामा निशा शर्मा छन्। अन्य कलाकारमा गुरुकुल नाटकघरका विद्यार्थी छन्। सोमबार बाहेक प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन हुने नाटक शनिबार भने दिउँसो १ बजेको पनि सो छ।

मण्डलामा ‘यौटा सपनाको अवसान’

थापागाउँस्थित मण्डला थिएटरमा चैत १० गतेदेखि ‘यौटा सपनाको अवसान’ को मञ्चन जारी छ। अनुप बरालको परिकल्पना र निर्देशन रहेको नाटक अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’ को नेपाली अनुवाद हो। आर्थर मिलरद्वारा लिखित यस नाटकलाई कवि विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन्।

आगामी वैशाख १० सम्म चल्ने नाटकमा कलाकार शेखर चापागाईं, मेनुका प्रधान, दीया मास्के, दिव्य देव, सन्देश शाक्य, सारा जे अधिकारी, रोय, जीवन गौतम, अभिषेक खड्का, विशाल पुलामीलगायतको अभिनय छ। नाटक प्रत्येक हप्ताको सोमबारबाहेक हरेक साँझ सवा ५ बजे मञ्चन हुनेछ। शनिबार दिउँसो १ बजे र बेलुका ५ बजेगरी दुई सो छन्।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘बिहे पास’, ‘जारी’, र ‘छक्का पञ्जा ४’, चलिरहेका छन्।  त्यस्तै हिन्दीमा ‘किसी का भाइ किसी की जान’ र अंग्रेजीमा ‘इभिल डेड राइज’ प्रदर्शन भइरहेको छ।

जारी

वैशाख १ गतेदेखि फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ। उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाघरमा ‘जारी’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सिडिसी सिनेमाज र बिजीमलस्थित बीएसआर मुभिजमा ‘जारी’ चलिरहेका अन्य हल हुन्।

बिहे पास

फिल्म ‘बिहे पास’ पनि वैशाख १ गतेदेखि प्रदर्शनमा आएको हो। प्रवेश पौडेलको निर्देशन रहेको फिल्म प्रेमकथा र कमेडी जनरामा बनेको छ। फिल्ममा कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, लैनसिंह वाङदेल, रवीन्द्र झालगायतको अभिनय छ।  उपत्यकामा न्युरोडस्थित रञ्जना सिनेपलेक्समा ‘बिहे पास’को सो छ।

छक्का पञ्जा ४

फागुन १९ देखि देशभर ‘छक्का पञ्जा ४’ प्रदर्शन भइरहेको छ। फिल्म राजनीति विषयमा आधारित छ। हेमराज बीसीको निर्देशन रहेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिसा हमाल, बुद्धि तामाङ, मलिना जोशी, राज आचार्य, नीर शाहलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत पुल्चोकस्थित लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, रञ्जना सिनेप्लेक्स र कीर्तिपुर सिनेप्लेक्स तथा सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाजमा ‘छक्का पञ्जा ४’ प्रदर्शनरत छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र बिजीमलस्थित बिएसआर मुभिज ‘छक्का पञ्जा ४’ चलिरहेका अन्य हल हुन्।

किसी का भाइ किसी की जान

सलमान खान अभिनीत हिन्दी फिल्म ‘किसी का भाइ किसी की जान’ वैशाख ८ गतेदेखि नेपालमा प्रदर्शनरत छ। फिल्म एक्सन, कमेडी र ड्रामा जनरामा बनेको छ। फरहाद सामजीको निर्देशनमा बनेको फिल्ममा सलमान, दग्गुबती वेंकटेश, पूजा हेगडे र जगपति बाबु मुख्य भूमिकामा छन्।

उपत्यकामा दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा फिल्मको सो छ।  आइप्लेक्स मल, कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाघर, बागबजारस्थित सिटीम्याक्स सिनेमामा ‘किसी का भाइ किसी की जान’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सुन्धाराको सीटीसी मलस्थित सिडिसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज र माछापोखरीस्थित अष्टनारायण हल ‘किसी का भाइ किसी की जान’ चलिरहेका अन्य हल हुन्।

इभिल डेड राइज

अंग्रेजी हरर फिल्म ‘इभिल डेड राइज’ २१ अप्रिलदेखि नेपालका विभिन्न हलमा प्रदर्शन भइरहेको छ। फिलमका निर्देशक ली क्रोनिन हुन्। फिल्ममा एलिसा सदरल्यान्ड, लिली सुलिवान, मोर्गन डेभिसलगायतको अभिनय छ।

उपत्यकामा दरबारमार्गमा रहेको दरबार सिनेम्याक्स, पुल्चोकस्थित लबिम मल र सुन्धारामा रहेको सिभिल मलमा फिल्मको सो छ।

नयाँ बानेश्वरको आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, सीतापाइलाको अनुपम मलस्थित सीके सिनेमाघरमा ‘इभिल डेड राइज’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेपलेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सिडिसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज हल ‘इभिल डेड राइज’ चलिरहेका अन्य हल हुन्।

प्रकाशित: ९ वैशाख २०८० ६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =