इरफान खानको अन्तिम फिल्म ‘द सङ अफ स्कोर्पियन्स’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस ८ वैशाख २०८० १५:२६
8
SHARES
इरफान खानको अन्तिम फिल्म ‘द सङ अफ स्कोर्पियन्स’को ट्रेलर सार्वजनिक

काठमाडौँ- भारतीय सिनेमाका उत्कृष्ट अभिनेता इरफान खानको मृत्यु सन् २०२० मा क्यान्सरका कारण भएको थियो। मृत्युको तीन वर्षपछि उनी अभिनीत अन्तिम फिल्म ‘द सङ अफ स्कोर्पियन्स’ प्रदर्शनमा आउने भएको छ। फिल्मको ट्रेलर सार्वजनिक भएको छ। त्यसमा इरफानको दमदार अभिनय देख्न सकिन्छ।

अप्रिल २८ मा प्रदर्शनमा आउने फिल्म विभिन्न फिल्म महोत्सवमा देखाइसकिएको छ। फिल्म निर्माण भएको सातआठ वर्ष प्रदर्शनमा आउँदै छ। फिल्ममा इरफानसँग इरानी अभिनेत्री गोलशिफ्तेह फरहानी मुख्य भूमिकामा छिन्। यस फिल्मबाट लामो समयपछि अभिनेत्री वहिदा रहमान ठूलो पर्दामा देखिएकी छन्।

ट्रेलरमा इरफान ऊँट व्यापारीको भूमिकामा छन्। फिल्म लोककथामा आधारित छ। जसमा बिच्छीले टोकेको २४ घण्टामा मान्छेको मृत्यु हुने तर एउटा गीतबाट मान्छेलाई बचाउन सकिने देखाइएको छ। जसलाई ‘बिच्छीको गीत’ भनिन्छ।
इरानी अभिनेत्री फरहानी नुरानका भूमिकामा छिन्। जो बिच्छीको गीतकी गायिका हुन्। जो उनले आफ्नी हजुरआमाबाट सिकेकी हुन्।

ट्रेलरले इरफानका प्रशंसकको उत्सुकता बढाएको छ। उनको अन्तिम फिल्म हेर्न दर्शक लालायित छन्। ट्रेलर देखेर धेरैले उम्दा अभिनेतालाई श्रद्धाञ्जली दिन योभन्दा राम्रो फिल्म अरू हुन नसक्ने भनिरहेका छन्।

प्रकाशित: ८ वैशाख २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =