ओलीसँग बैठक बस्न बालकोट पुगे देउवा र प्रचण्ड

हिमाल प्रेस ४ वैशाख २०८० १०:३२
10
SHARES
ओलीसँग बैठक बस्न बालकोट पुगे देउवा र प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार पुगेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बैठक बस्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन्। बैठकका लागि सभामुख देवराज घिमिरे पनि पुगेका छन्।

देउवा र प्रचण्ड एउटै गाडीमा चढेर बालकोट पुगेका हुन्। ओली अस्वस्थ भएपछि उनीहरू वार्ताका लागि बालकोट पुगेका हुन्।  आजको बैठकमा संवैधानिक नियुक्ति र सत्य निरुपण विधेयकबारे छलफल हुनेछ। साथै ओलीलाई स्वास्थ्यलाभ गर्ने कार्यक्रम छ।

संसदीय समितिमा भागबन्डाका विषयमा पनि बैठकमा छलफल हुनेछ। ठूला तीन दलका कारण संसदीय समितिले पूर्णता पाउन सकेका छैनन्।

प्रकाशित: ४ वैशाख २०८० १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =