सरकारले अवसर दिए निजी क्षेत्रले समुन्नति ल्याउँछ : अध्यक्ष गोल्छा

हिमाल प्रेस २८ चैत २०७९ १५:०७
6
SHARES
सरकारले अवसर दिए निजी क्षेत्रले समुन्नति ल्याउँछ : अध्यक्ष गोल्छा

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रले सम्मुन्नति ल्याउने बताएका छन्। मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा अध्यक्ष गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताएका हुन्।

उद्योगी तथा व्यवसायीबीचको सहकार्य मुलुकको समुन्नतिका लागि हुनुपर्ने उनको भनाइ थियो। पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने उनले बताए। तत्कालका लागि व्यवसायमा कठिन अवस्था भए पनि व्यवसायीहरूले नै मुलुकमा सम्मुन्नतिको रेखा कोर्ने उनले बताए।

नेपाल जस्तै मुलुक बंगलादेशले सन् २०१० राम्रो प्रगति गरेको उदाहरण गोल्छाले दिए। सन् २०१०मा १८ अर्बको निर्यात रहेको बंगलादेश पछिल्लो समय ४० अर्बको निर्यात पुर्‌याउन सफल भएको गोल्छाको भनाइ थियो।

त्यस्तै केही वर्षअघि १ सय दिनमा ८ लाख मानिस गुमाएको रुवाण्डाले २० वर्ष यताको वार्षिक आर्थिक वृद्धिदर औसत ८ प्रतिशत गर्नसकेको उदाहरण दिँदै गोल्छाले नेपालले पनि आर्थिक वृद्धिमा फड्को मार्न सक्ने बताए।

सरकारविरुद्ध आन्दोलन गर्न महासंघ गठित नभएको भन्दै गोल्छाले निजीक्षेत्रबा रोजगारी सिर्जना गरी जनताको जीवनस्तर उठाउने काममा महासंघले मद्दत गरिरहेको बताए। महासंघको मंगलबार ५७औं वार्षिका साधारणसभा सुरु भएको छ। आगामी कार्यकालका लागि नयाँ कार्यसमिति समेत निर्वाचन गर्न बुधबार बिहानदेखि मतदान तोकिएको छ।

महासंघको विधान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार आगामी कार्यकालका लागि चन्द्रप्रसाद ढकाले अध्यक्ष हुने भएका छन्। अध्यक्ष गोल्छाले आफूले महासंघको नेतृत्व काबिल व्यक्तिको जिम्मा लगाउन लागेको बताए।

प्रकाशित: २८ चैत २०७९ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =