निजीक्षेत्र र सहकारीबीच सहकार्यको खाँचो : वरिष्ठ उपाध्यक्ष ढकाल

हिमाल प्रेस २५ चैत २०७९ १५:००
4
SHARES
निजीक्षेत्र र सहकारीबीच सहकार्यको खाँचो : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजीक्षेत्र र सहकारीबीच सहकार्यको खाँचो रहेको औंल्याएका छन्। काठमाडौँमा जारी सहकारी महासम्मेलनमा उनले सरकार, निजीक्षेत्र र सहकारीबीच सहकार्य र साझेदारी हुनुपर्ने औंल्याएका हुन्। महासंघले कृषि उद्यम केन्द्र बनाएर काम गरिरहेको छ,’ उनले भने, ‘त्यसमा सयभन्दा बढी सहकारीहरू संलग्न छन्। यसलाई अझै प्रभावकारी ढंगले काम गर्न सकिन्छ।’ सहकारी र निजीक्षेत्र मिलेर जाँदा आर्थिक गतिविधि बढाउन सकिने उनले बताए।

हाल बाधा अड्चनका रूपमा रहेका ऐन नियमहरूलाई फुकुवा गरेर लगानीमा पनि सहकार्य गर्न सकिने उनको भनाइ थियो। सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पुहँच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ढकालले बताए।

सहकारी क्षेत्रको कारण नै धेरै उद्योगी व्यवसायीको आर्थिक गतिविधि बढाउन टेवा पुगेको भन्दै उनले केही सीमित घटनाका कारण समग्र सहकारी क्षेत्रमाथि प्रश्न उठाउन नमिल्ने तर्क गरे।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सरकारले निजी–सार्वजनिक साझेदारी मोडल अगाडि सारे पनि अब सहकारी क्षेत्रलाई पनि त्यसमा समावेश गरिनुपर्ने बताए।

प्रकाशित: २५ चैत २०७९ १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =