अमेरिकामा निजी क्षेत्रको रोजगार दरमा वृद्धि

हिमाल प्रेस २२ पुष २०७९ ६:१५
अमेरिकामा निजी क्षेत्रको रोजगार दरमा वृद्धि

न्युयोर्क– संयुक्त राज्य अमेरिकामा सेवा उद्योगहरूको वृद्धिसँगै डिसेम्बरमा निजी क्षेत्रको रोजगार दरमा वृद्धि भएको छ, यद्यपि तलबमान वृद्धि सुस्त भएको अमेरिकी ‘पेरोल फर्म (एडीपी)’ ले बिहीबार जनाएको छ।

एडीपीको सर्वेक्षणअनुसार गत महिना निजी रोजगारीमा दुई लाख ३५ हजारले वृद्धि भएको छ। यो विश्लेषकले अपेक्षा गरेभन्दा बढी हो।
‘श्रम बजार बलियो छ तर खण्डित छ, उद्योग र प्रतिष्ठानको आकारअनुसार कामदारमा तीव्र भिन्नता छ,’ एडीपीका प्रमुख अर्थशास्त्री नेला रिचार्डसनले भने।

‘विशेष गरी गत वर्षको पहिलो ६ महिनामा आक्रामक रूपमा काम गर्ने फर्महरूले आफ्नो गतिलाई कम गरे, र केही उदाहरणहरूमा वर्षको अन्तिम महिनामा रोजगारी कटौती गरेका छन्,’ उनले भने।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा बढ्दो मुद्रास्फीतिलाई कम गर्न संघर्ष गरिरहेका बेला नीति निर्माताहरूले श्रम बजारलाई एक प्रमुख क्षेत्रको रूपमा हेरिरहेका छन्।

चिन्ताको एउटा क्षेत्र भनेको बढ्दो ज्याला हो। किनकि कम्पनीहरूले कामदारहरू भेट्न र कायम राख्न प्रतिस्पर्धा गरे र यसले सेवाहरूको लागि बढ्दो लागतलाई वृद्धि गरेको छ। यसको कारणले गर्दा मुद्रास्फीतिलाई अधिक स्थिर बनाउनेछ।

एडीपीको तथ्यांकअनुसार डिसेम्बरमा कामदारहरूले मार्च २०२२ पछि सबैभन्दा कम तलब वृद्धि देखेका छन्, जसले सम्भवतः केही राहत ल्याएको छ। कर्मचारीहरूको वार्षिक तलब लाभ हालसालै संशोधित रिपोर्टमा ७.३ प्रतिशतमा झरेको छ।

प्रकाशित: २२ पुष २०७९ ६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =