द्वन्द्वकालीन मुद्दा सल्टाउन प्रचण्ड असफल : हिसिला यमी

हिमाल प्रेस २७ चैत २०७९ १६:०७
4
SHARES
द्वन्द्वकालीन मुद्दा सल्टाउन प्रचण्ड असफल : हिसिला यमी

काठमाडौँ– नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठन गर्न माहिर भए पनि नेतृत्व लिन अक्षम भएको आरोप लगाएकी छन्। सोमबार काठमाडौँमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये माओवादी केन्द्र १२ वटा सरकारमा सहभागी बने पनि अपेक्षाकृत रूपमा सत्ताको नेतृत्व लिन नसकेको उनको भनाइ छ।

शान्ति सम्झौतापछि संक्रमणकालीन न्याय टुंग्याउने विषयलाई नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले बेवास्ता गरेर प्राथमिकता नै नदिएको भन्दै उनले प्रश्न गरिन्।

संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन माओवादी धारका सबै पार्टी र प्रधानमन्त्री प्रचण्डको ध्यान नपुगेको उनले जिकिर गरिन्। संसदीय गणितको वर्चश्वमा रमाएर प्रचढण्डले सत्य निरूपण तथा मेलमिलाप आयोगलाई महत्त्व नदिएको उनले आरोप लगाइन्।

‘शान्ति सम्झौतापछि १६ सरकारमध्ये १२ वटा सरकारको नेतृत्व प्रचण्डले गर्नुभएको छ, उहाँले आफ्नो नेतृत्वको सरकार मिलाउन माहिर हुनुहुन्छ। तर उहाँले द्वन्द्वकालीन मुद्दा निरूपण गर्न सक्नु भएन,’ उनले भनिन्।

मा‌ओवादी नेताहरू संघ र प्रदेशमा विभिन्न पटक मन्त्री बने पनि आयोगलाई पूर्ण बेवस्ता गरेको उनले बताइन्।

पूर्वमन्त्रीसमेत रहेकी यमीले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भएको तर आयोगमा रहेका पुराना कर्मचारीहरूलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो? भन्दै प्रश्न गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =