घाइते छु, मरिसकेको छैन : सीके राउत

हिमाल प्रेस २२ चैत २०७९ १३:०६
132
SHARES
घाइते छु, मरिसकेको छैन : सीके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू घेराबन्दीमा परेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू घाइते भएको तर मरिनसकेको बताएका हुन्।

‘युद्ध टुंगिएको छैन। म अझै पनि जीवनको कुरुक्षेत्रमा रक्ताम्य लहुलहुवान् भएर संघर्ष गर्दैछु,’ उनले लेखेका छन्, ‘चारैतिरबाट घेराबन्दीमा छु। विभिन्न पार्टीहरू, नेताहरू, सामाजिक संरचना, यथास्थितिवादीहरू, मिडिया, शक्ति केन्द्रहरूको निरन्तर आक्रमणमा छु। आर्थिक, सामाजिक विभिन्न समस्याहरूले पिरोलेकै छ।’

उनले केही आफ्नैहरूको कमजोरी र निष्क्रियताले पनि आहत भएको बताएका छन्। देशभरिकै जनताको अपेक्षा ठूलो रहेको भन्दै उनले परिवर्तनका आकांक्षी करौडौँ जनता आँखा टोलाएर बसेको बताए।

‘कार्यकर्ताहरूसँग पनि केही धैर्य राख्न अनुरोध छ, तपाईंहरूको भविष्यको व्यवस्थापनको लागि लागेकै छु, र लागिरहने नै छु। शीघ्र नै तपाईं सबैसँग हाम्रो भेट पनि हुने नै छ। मलाई केही समय दिनोस्,’ उनले लेखेका छन्।

प्रकाशित: २२ चैत २०७९ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =