निर्वाचनपछि रवि लामिछानेलाई सिके राउतले भने : बारा र इलाममा जमानत गयो, विचार गर्नुहोला

हिमाल प्रेस १८ वैशाख २०८१ १३:३९
78
SHARES
निर्वाचनपछि रवि लामिछानेलाई सिके राउतले भने : बारा र इलाममा जमानत गयो, विचार गर्नुहोला सीके राउत र रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले इलाम–२ को उपनिर्वाचनको परिणामबारे राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिएका छन्। राउतले आज सामाजिक सञ्जालमार्फत मिसन ८४ को कुरा गरिरहेको रास्वपालाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गरेका छन्।

राउतले २०८४ सालमा हुने निर्वाचनमा दुई तिहाइ ल्याइन्छ भनेर ढुक्क बसेकोमा बारा र इलाममा जमानत जफत भएको सम्झाएका हुन्। ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो– मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुईतिहाइ एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो,’ उनले भनेका छन्, ‘बारा र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तककाे नाताले मात्रै खुलेआम भन्दैछु।’

उनले आफ्नो समेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भने अपेक्षा राख्नु गलत भएको टिप्पणी गरेका छन्। साथै उनले नयाँ किसिमको व्यवस्था नगरे ८४ मा पनि अहिलेको भन्दा फरक केही नहुने दाबी गरेका छन्। इलाम– २ मा जनमतका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका थिए। यहाँ जनमत, रास्वपासहितका उम्मेदवारले जमानत पनि जोगाउन सकेनन्।

प्रकाशित: १८ वैशाख २०८१ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =