इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने योजना अघि बढिसक्यो : यातायातमन्त्री श्रेष्ठ

हिमाल प्रेस १३ चैत २०७९ १७:५१
4
SHARES
इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने योजना अघि बढिसक्यो : यातायातमन्त्री श्रेष्ठ फाइल तस्बिर।

काठमाडौँ- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्ने योजना अघि बढिसकेको बताएका छन्। मन्त्री श्रेष्ठले सोमबार मन्त्रालयको कार्यप्रगति सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन्।

मन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा इम्बोस्ड नम्बर प्लेट नेपालीमा बनाउने गरी कार्ययोजना बनाउनु परेको बताए। ‘सवारी साधनहरूमा राखिने इम्बोस्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो,’ उनले भने, ‘प्रारम्भमा त्यसबारे प्रक्रिया अघि बढे पनि अंग्रेजीमा बनाइयो। अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोस्ट नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ।’

त्यसका लागि सम्बन्धित एजेन्सीसँग छलफल थालिएको पनि उनको भनाइ थियो।

प्रकाशित: १३ चैत २०७९ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =