आईपीएल : पन्जाबसँग हार्‍यो राजस्थान

हिमाल प्रेस ३ जेठ २०८१ ७:२८
8
SHARES
आईपीएल : पन्जाबसँग हार्‍यो राजस्थान

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ।

१४५ रनको लक्ष्य पञ्जाबले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। पञ्जाबका कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२-२२ र आशुतोष शर्माले १७ रन जोडे।

राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुईरदुई र ट्रेन्ट बोल्टले एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १४४ रन मात्र बनाएको थियो। राजस्थानका रियान परागले ४८, रविचन्द्रण आश्विनले २८, सञ्जु स्यामसन र टम कोहलर-क्याडमोरले १८र१८ रन बनाए।

पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चाहरले दुई-दुई, अर्शदिप सिंह र नेथन एलिसले एक-एक विकेट लिए। पञ्जाबले १३ खेलमा १० अंक जोडेको छ । पञ्जाब आईपीएलको प्लेअफबाट बाहिरिसेको छ।

राजस्थानको १३ खेलमा १६ अंक छ। लगातार चौथो हार बेहोरेपछि राजस्थानले क्वालिफायरमा पुग्न थप प्रतिस्पर्धाको सामना गर्नु पर्ने भएको छ। आईपीएलमा आज सनराईजर्स हैदराबाद र गुजरात टाइटन्स प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित: ३ जेठ २०८१ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =