बुन्डेसलिगा : रेभियर डर्बीमा डर्टमन्ड रोकिँदा बायर्न एक्लो ‘लिग लिडर’

हिमाल प्रेस २८ फागुन २०७९ १२:३३
8
SHARES
बुन्डेसलिगा : रेभियर डर्बीमा डर्टमन्ड रोकिँदा बायर्न एक्लो ‘लिग लिडर’ साल्कासँग बराबरीमा राेकिएपछि बाेरुिसया डर्टमन्‍डका खेलाडी।

काठमाडौँ- दुई पटक अग्रता लिए पनि बोरुसिया डर्टमन्ड शनिबार राति रेभियर डर्बीमा प्रतिद्वन्द्वी साल्केसँग २–२ को बराबरीमा रोकिएको छ। डर्टमन्ड बराबरीमा रोकिएपछि फाइदा बायर्न म्युनिखलाई भयो। शनिबार नै भएको खेलमा अग्सबर्गलाई ५–३ ले पन्छाएको बायर्नले शीर्षस्थानमा अग्रता कायम गर्‍यो।

उपाधि दौडमा बायर्नमाथि दबाब सिर्जना गरिरहने डर्टमन्डको योजना साल्केका केनान करामनले ७९ औँ मिनेटमा असफल बनाइदिए। उनकै गोलले साल्का खेलमा फर्कियो। र आखिरमा स्थानीय प्रतिद्वन्द्वीबाट एक अंक खोस्न सफल भयो।

साल्काको रंगशाला भेल्टिन्स ऐरिनामा डर्टमन्डले २९ औँ मिनेटमा अग्रता लिएको थियो। निको स्लोटरबेकले राफाएल गुरेरकोको असिस्टमा गोल गर्दा डर्टमन्ड खेलमा अघि बढेको थियो।

मार्को रुइस, जुलियान ब्रान्ड्ट, करिम आडेयेमी, युसुफ मौकौको लगायतका पहिलो रोजाइका फरवार्डबिना मैदानमा उत्रिएको डर्टमन्डले दोस्रो हाफको ५० औँ मिनेटमा बराबरी गोल खाएको थियो।

पाँच मिनेटपछि फुलब्याक गुरेरोले आफैँ गोल गरेपछि डर्टमन्ड फेरि अघि बढ्यो। तर खेल उत्तरार्द्धमा पुग्दै गर्दा कारामाको हेडरले डर्टमन्डका अलेक्जान्डर मेयेरलाई ‘बिट’ गरेपछि खेल बराबरीमा सकियो।

रक्षात्मक रणनीति अपनाएको साल्काले डर्टमन्डलाई विजयी गोल गर्न दिएन। रेलिगेसन क्षत्रमा रहेकाले साल्का कम्तीमा बराबरी गर्ने लक्ष्यका साथ मैदान उत्रिएको थियो। २४ खेल खेलिसक्दा साल्का २० अंकसहित १७ औँ स्थानमा छ। यही सिजन बुन्डेसलिगा फर्किएको साल्का र १६ औँ स्थानको स्टुटगार्टबीच अंक बराबर छ।

उता डर्टमन्डसँग भने ५० अंक् छ। जुन तेस्रो स्थानको आरबी लाइपजिगको भन्दा पाँच बढी र शीर्षस्थानको बायर्नभन्दा दुई अंक कम हो। बराबरपछि डर्टमन्डका प्रशिक्षक एडिन टेरजिकले आफ्नो टिमले साल्काले चाहे अनुसारको खराब खेलेको प्रतिक्रिया दिए।

साल्काका प्रशिक्षक थोमस रेइस स्वाभाविक रुपमा सन्तुष्ट देखिए। ‘दुई पटक पुनरागमन गरेर डर्टमन्डलाई रोक्नु चानचुने सफलता होइन,’ रेइसले भने।

बार्यन म्युनिखका जोआओ कान्सेलो बल प्रहार गर्दै।

आलियान्ज ऐरिनामा अग्सबर्गले पहिलो गोल गरेको थियो। मेर्गिम बेरिसाले पहिलो हाफको तेस्रो मिनेटमा गोल गरे। युवा जर्मन फरवार्डले अग्सबर्गलाई खेलमा अघि बढाएको १२ मिनेटपछि जोआओ कान्सेलोले बराबरी गोल फर्काए। त्यसपछि बायर्नले पहिलो हाफमै तीन गोल थप्यो। बेन्जामिन पाभार्डले दुई तथा लेरो सानेले एक गोल गरे।

दोस्रो हाफको ६० औँ मिनेटमा बेरिसाले पेनाल्टीमा गोल गरेपछि अग्सबर्गले खेलमा फर्कने संकेत गरेको थियो। तर उसको यो संकेतलाई यथार्थमा परिणत हुन नदिन अलफन्सो डेभिसले ७४ औँ मिनेटमा बायर्नका लागि गोल थपे।

५–२ को नतिजामा खेल सकिने अनुमान हुँदै गर्दा अग्सबर्गले आतिरिक्त समयमा एक गोल फेरि थप्यो। उसका लागि फ्रेन्च स्ट्राइकर इर्भिन कार्डोनाले गोल गरेका थिए।

गत साता च्याम्पियन्स लिगका प्रिक्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेनलाई पराजित गरेको बायर्नका मिडफिल्डर जमाल मुसिआलाले आफ्नो टिमले खेलाँचीमा तीन गोल खाएको प्रतिक्रिया दिए। ‘ती तीन गोल हामीले रोक्नु पथ्र्यो। किननभे हामी प्रत्येक खेल गोल नखाई जित्ने लक्ष्यमा हुन्छौँ,’ २० वर्षीय मिडफिल्डरले भने।

बायर्नका पाँच गोलमध्ये चार गोल डिफेन्डरले गरेका थिए। खेलअघि एरिक चोपु मोटिङ घाइते भएपछि बायर्नबिना स्ट्राइकर खेलेको थियो। साडियो माने र लेरो सानेले विंगको जिम्मा लिँदा सर्ज गानाब्रीलाई फल्स नाइन बनाइएको थियो। सेनेगलका माने नोभेम्बरपछि पहिलो पटक पहिलो एघारमा परेका हुन्। उनले गोल गर्न नसके पनि दुई असिस्ट आफ्नो नाममा लेखाए।

शनिबार राति नै भएको अर्को खेलमा लाइपजिगले बोरुसिया मन्चुनग्लाडबागलाई ३–० ले पन्छायो। लाइपगिको जितमा टिमो बेरनरले ५७, एमाइल फोर्सबर्ग र जोस्को भारडियोलले एक–एक गोल गरे। पहिलो हाफको ५३ औँ मिनेटमा एलासाने प्लीले पेनाल्टी खेर फालेपछि मन्चुनग्लाडबागले गोल अन्तर घटाउन सकेन।

बुन्डेसलिगाका अन्य खेलमा हेर्था बर्लिन र मेन्जले १–१ को बराबरी खेले। घरेलु मैदानमा जेसिक जान्कामको पेनाल्टी गोलबाघ अघि बढेकोे हेर्था दोस्रो हाफमा बराबरी गोल खान पुग्यो। मेन्जको एक अंक सुरक्षित गर्न लुडोभिक जोर्केले ५७ औँ मिनेटमा गोल फर्काएका थिए।

उता फ्रान्कफर्ट रेलिगेसन क्षेत्रको स्टुटगार्टसँग १–१ को बराबरीमा रोकियो। कंगोलिज स्ट्राइकर सिलास काटोम्पा भुम्पाले ७५ औँ मिनेटमा गोल गरेपछि फ्रान्कफर्ट बराबरीमा रोकिन बाध्य भयो। त्यसअघि ५५ औँ मिनेटमा सेबास्टियन रोडले फ्रान्कफर्टको गोलको खाता खोलेका थिए।

यस साताको पहिलो खेलमा बोचुमले एफसी कोल्नमाथि २–० को जित दर्ता गरेको थियो। बोचुमलाई लिगको सातौँ जित दिलाउन केभिन स्टोगरले नवौँ र ७६ औँ मिनेटमा इरहान मासोभिचले दास्रो गोल गरेका थिए।

बराबरीका बाबजुद फ्रान्कफर्ट ४० अंकसहित छैटौँ स्थानमा यथावत् छ। दुई अंक कम भएको मेन्ज सातौँ स्थानमा छ। मेन्जसँग बराबरी गरेको हेर्था भने १५ औँ र बोचुम १४ औँ स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =