स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता

हिमाल प्रेस २१ फागुन २०७९ १६:३९
2
SHARE
स्माटच्वाईस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता

काठमाडौँ– स्माटच्वाईस टेक्नोलोजिज (एससीटी) र माछापुच्छ्रे बैंकबीच सम्झौता गरिएको छ। रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि दुई पक्षीय सम्झौता गरिएको हो। सम्झौताअनुसार बैंकले सञ्चालन गरेको रेमिट्याप वालेटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा लिन सकिनेछ।

सम्झौतापत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका छन्।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको एससीटी र रेमिट्याप वालेटबीच भएको उक्त सहकार्यले डिजिटल कारोबारमा मद्दत पुग्ने विश्वास लिइएको छ।

रेमिट्याप प्रयोगकर्ताले रेमिट्यापमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्ने पनि सम्झौतमा उल्लेख छ।

प्रकाशित: २१ फागुन २०७९ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =