पत्रकारहरू चर्चित नेता र शीर्षक केन्द्रित भए : सभामुख

हिमाल प्रेस १९ फागुन २०७९ १२:३३
6
SHARES
पत्रकारहरू चर्चित नेता र शीर्षक केन्द्रित भए : सभामुख फाइल तस्बिर।

काठमाडौँ- सभामुख देवराज घिमिरेले महिलाहरूको सहभागिता र सक्रियताअनुसारको प्रचार हुन नसकेको बताएका छन्।

शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले सञ्चारमाध्यमले महिलाका सहभागितालाई प्रचारप्रसार नगरेको बताएका हुन्।

‘म सभामुख भएर आएपछिका केही बैठकहरूमा मात्रै पनि महिलाहरूको सहभागिता चाहे शून्य समयमा होस् वा विशेष समयमा उहाँहरूको सहभागिता राम्रो छ, तर त्यो खालको प्रचारप्रसारहरू छैन,’ उनले भने, ‘मिडियाहरूको आकर्षण अहिले खासखास नेताहरू बोल्ने दिन छ भने मिडियाहरूको उपस्थिति देखिन्छ, नभए करिब शून्यशून्य हुन्छ ।’

सभामुख घिमिरेले सञ्चारमाध्यमहरूले नेताहरू र शीर्षकमा केन्द्रित नभई विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रसारण गर्नुपर्ने बताए। उनले विगतमा रोकिएको मिडियासम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्ने बताए।

प्रकाशित: १९ फागुन २०७९ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =