प्रधानमन्त्रीले सभामुखलाई गराए नीति तथा कार्यक्रम पेस गर्ने जानकारी

हिमाल प्रेस २ जेठ २०८० १४:०१
8
SHARES
प्रधानमन्त्रीले सभामुखलाई गराए नीति तथा कार्यक्रम पेस गर्ने जानकारी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

भेटमा प्रधानमन्त्री दाहालले जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने तयारी भएको जानकारी गराएका थिए। प्रधानमन्त्रीले आजदेखि समितिको बैठक बसेकामा खुसी व्यक्त गरेका थिए।

सो क्रममा उनले सदनमा पेस भएका विधेयकलाई प्रक्रियागत रूपमा अगाडि बढाउन सभामुखले भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =