पार्किङ हटाएको भन्दै दरबारमार्गमा व्यवसायीको विरोध प्रदर्शन

हिमाल प्रेस १५ फागुन २०७९ २१:०३
6
SHARES
पार्किङ हटाएको भन्दै दरबारमार्गमा व्यवसायीको विरोध प्रदर्शन

काठमाडौँ- काठमाडौँको दरबारमार्गमा पार्किङ हटाएको भन्दै विरोध प्रदर्शन गरिएको छ। दरबारमार्गका व्यवसायी सोमबार पसलका सटरहरू बन्द गरी कालोब्यानर राख्दै सडक प्रदर्शनमा उत्रेका हुन्।

लामो समयदेखि एकतर्फी पार्किङ गर्ने व्यवस्थालाई उपत्यका ट्राफिक प्रहरी र काठमाडौँ महानगरपालिकाले पहिले सञ्चालन भइरहेको पार्किङ हटाएपछि विरोध गरिएको व्यवसायीले बताएका छन्। दबारमार्ग विकास बोर्डका सचिव उद्धव ढकालले महानगरले जबरजस्ती पार्किङ हटाएसँगै दरबारमार्गको व्यापारमा ६० प्रतिशतले गिरावट आएकाले विरोध गर्न बाध्य भएको बताए।

दरबारमार्गका व्यवसायीले महानगरलाई प्रत्येक महिना ९ करोड रुपैयाँ बुझाउने र हजारौँलाई रोजगारी दिए पनि महानगरले पार्किङ हटाएकाले व्यवसाय धरासाही बनेको उनको भनाइ थियो। दबारमार्गको एकतर्फी पार्किङ कायम गर्नुपर्ने माग उनले गरे। महानगरले पार्किङको विकल्प नदिएसम्म निरन्तर आन्दोलन चेतावनी उनले दिए।

दरबारमार्गका व्यवसायी किरण गुरुङले दरबारमार्ग नेपालको मिटिङ प्वाइन्ट र राजधानीको अनुहार भएकाले यहाँ पार्किङको व्यवस्था गरिनुपर्ने बताए। महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ। पार्किङ नभएपछि व्यवसायीहरूले सटरभाडा सम्बन्धी महानगरसँग छलफल गर्न खोज्दा महानगरले बेवास्ता गरेको व्यवसायीको आरोप छ।

प्रकाशित: १५ फागुन २०७९ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =