रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

हिमाल प्रेस १५ फागुन २०७९ ९:२२
20
SHARES
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ। सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्न लागेको हो।

रास्वपाले बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन-२ को उपनिर्वाचनबारे छलफल छ। पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो।

फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन। रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन।

प्रकाशित: १५ फागुन २०७९ ९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =