आईपीएल : बैंगलुरुसँग हार्‍यो हैदराबाद

हिमाल प्रेस १४ वैशाख २०८१ ७:०६
8
SHARES
आईपीएल : बैंगलुरुसँग हार्‍यो हैदराबाद

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित भएको छ।

२०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो।

हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए। अभिषेक शर्मा ३१, ट्रविस हेड १, एडेन माक्ररमम र हेनरिक क्लासेन ७९७ रनमा आउट भए। प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भए।

बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २र२ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनायो। बेंग्लुरुका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाए।

विराट कोहली ४३ बलमा ४ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । फाफ डु प्लेसिस २५, विल ज्याक्स ६, महिपाल लोमरोर ७ र क्यामरन ग्रीनले २० बलमा ५ चौकासहित ३७ रन बनाए।

हैदराबादका जयदेव उनादकटले ३, टि नटरजानले २, प्याट कमिन्स र मयंक मारकण्डेले १र१ विकेट लिए।

बैंगलुरु ९ खेलमा २ मा जितसहित ४ अंकका साथ पुछारमा छ। हैदराबाद ९ खेलमा ५ मा जितका साथ तेस्रो स्थानमा छ।

राजस्थान ८ खेलमा ७ मा जितका साथ १४ अंकका साथ शीर्ष स्थानमा छ। कोलकाता ७ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित: १४ वैशाख २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =