रास्वपाले इलाम-२ मा उठाउला आफ्नै उम्मेदवार?

हिमाल प्रेस २८ फागुन २०८० ८:५४
4
SHARES
रास्वपाले इलाम-२ मा उठाउला आफ्नै उम्मेदवार? रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ।

बैठक ११ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ।

प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने पार्टी स्रोतले जनाएको छ। इलाम-२ मा आफ्नै उम्मेदवार उठाउने वा नउठाउने भन्ने निर्णय रास्वपाले आजै गर्दैछ।

उम्मेदवार उठाउन तयारी गरे पनि पछिल्लो सत्ता गठबन्धन फेरबदलले अन्योलता बढेको छ।

गठबन्धनको मूल घटक नेकपा एमालेले संयुक्त उम्मेदवार उठाउनुपर्ने माग राख्दै आएको छ। यसबारे रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको छैन। इलाम-२ मा आधा दर्जन सांसद नै पठाएर रास्वपाले प्रचार गरिरहेको छ। यद्यपि, अहिलेसम्म उम्मेदवार छनोट गरेको छैन। रास्वपा चार मन्त्रालय अहिले सरकारमा सहभागी छ।

यस्तै आजको बैठकमा सरकारमा गएपछिको आगामी रणनीतिका विषयमा पनि छलफल गर्ने कार्यसूची छ।

रास्वपाले हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने कार्यसूची बनाएको छ। पार्टीबाट सरकारमा गएका मन्त्रीको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एकपटक छलफल राखिएको रास्वपाले जनाएको छ। यही सन्दर्भमा पनि आज रास्वपाले बैठक राखेको जनाएको छ।

प्रकाशित: २८ फागुन २०८० ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =