राजनीतिक घटनाबारे निर्णय लिने अधिकार रास्वपाले दियो लामिछानेलाई

हिमाल प्रेस २१ फागुन २०८० ९:२८
12
SHARES
राजनीतिक घटनाबारे निर्णय लिने अधिकार रास्वपाले दियो लामिछानेलाई

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक सकिएको छ।

राष्ट्रियसभा अध्यक्ष, शान्ति प्रक्रियाका बाँकी कार्य तथा नयाँ सत्ता समीकरणका विषयमा पार्टी छलफल भएको रास्वपाका उपाध्यक्ष डीपी अर्यालले जानकारी दिए।

बैठकले नयाँ राजनीतिक घटनाका बारेमा निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिएको उनले बताए । आइतबार लामिछानेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका थिए।

प्रकाशित: २१ फागुन २०८० ९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eleven =