रविको आक्रोश : संसद्लाई लडाइँ क्षेत्र बनाइयो

हिमाल प्रेस १४ फागुन २०८० ११:५२
14
SHARES
रविको आक्रोश : संसद्लाई लडाइँ क्षेत्र बनाइयो प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा धारणा राख्दै सांसद रवि लामिछाने। तस्बिर : रासस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकलाई लडाइँको क्षेत्रजस्तो बनाइएको टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीनजना मन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेपछि लामिछानेले उक्त टिप्पणी गरेका हुन्।

‘यो कुरालाई किन जटिल बनाइएको छ? सार्वभौम संसद्लाई किन लडाइँ क्षेत्रजस्तो, आरोपप्रत्यारोपको क्षेत्रजस्तो बनाइएको छ?’ रविले प्रश्न गरे।

लामिछानेले सभामुखबाटसमेत रुलिङ भइसक्दा पनि केही मन्त्रीहरूले आफूलाई लागेका गम्भीर आरोपको जवाफ दिनुपर्ने बताए। ‘जवाफ दिन केले रोकेको छ? किन निरन्तर मागिरहनुपरेको छ?,’ रविले प्रश्न गरे।

तीन मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै संसद्‌मा प्रतिपक्षीको अवरोध

प्रकाशित: १४ फागुन २०८० ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =