संसद्मा सोविताको आक्रोश : दुःख दिने संघीयता चाहिँदैन

हिमाल प्रेस १३ फागुन २०८० १२:२६
10
SHARES
संसद्मा सोविताको आक्रोश : दुःख दिने संघीयता चाहिँदैन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले संघ र प्रदेशका संरचनाले विकास निर्माणमा एकले अर्कोलाई दोषी देखाएर जनतालाई दु:ख दिने काम गरिरहेको बताएकी छिन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा काठमाडौं क्षेत्र नम्बर २ शंखरापुरको साखु–फटकेश्वर सडकको उदाहरण दिँदै उनले जनताले दुस्ख पाउने संघीयता र प्रदेश संरचना आवश्यक नभएको बताएकी हुन्।

‘मेरो निर्वाचन क्षेत्रमा पर्ने सडक भासिएको ६ महिनाभन्दा बढी भइसकेको छ । कुनै पनि बेला सवारी खस्ने र दुर्घटनाको सम्भावना छ । संघ र प्रदेशको भौतिक मन्त्रालयमा बारम्बार फलो गरिरहेकी छु । एकले अर्कोलाई देखाएर संघ र प्रदेशले पासपासको खेल खेलिरहेका छन्। संसद्‌मा ध्यानाकर्षण गराउँदासमेत त्यो सडक ययाशीघ्र बन्दैन भने दुर्घटनाबाट हुने मृत्यु नभई राज्यद्वारा गरिएको हत्या हुनेछ’,

गौतमले भनिन्, ‘संविधानले परिकल्पना गरेको संघीयता र प्रदेशको संरचना यस्तै हो, जनताले दु:खमाथि दुस्ख मात्र पाउने हो भने यस्तो प्रकारको दु:ख पाउने संघीयता र प्रदेशको संरचना हामीलाई चाहिँदैन ।’

प्रकाशित: १३ फागुन २०८० १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =