रास्वपाले भन्यो : आरोप लाग्नासाथ सबैले पदबाट राजीनामा दिने सर्वदलीय सहमति गरौँ

हिमाल प्रेस २१ चैत २०८० १५:२०
44
SHARES
रास्वपाले भन्यो : आरोप लाग्नासाथ सबैले पदबाट राजीनामा दिने सर्वदलीय सहमति गरौँ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलीय सहमति गरौँ भन्दै संसद्‌मा प्रस्ताव गरेका छन्।

आफ्ना पार्टीका सभापतिसहित केही नेतामाथि सहकारी ठगीको गम्भीर आरोप लागेपछि नेपाली कांग्रेसले संसद्‌मा लगातार विरोध गरिरहेको छ। वाग्लेले कांग्रेसले यसबारे जवाफ दिँदै सर्वदीय सहमति गर्ने प्रस्ताव गरेका हुन्।

वाग्लेले सहकारी प्रकरणको सम्बन्धमा गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा उभिएर बोल्न नदिएर निषेध गरिएको पनि बताए।

उनले यस प्रकारको असहिष्णुता र अनुदारवाद कहाँबाट आयो? भनी प्रश्नसमेत गरे। उनले आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होइन सांसदबाट पनि राजीनामा गर्नेगरी सर्वदलीय सहमति गर्न प्रश्ताव गरे।

उनले आरोप लाग्नासाथ र जाहेरी पर्नासाथ राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न अन्य दल तयार भए रास्वपा पनि तयार रहेको बताए।

उनले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिएर उनको कुरा सुन्नुपर्ने बताए। उनले गृहमन्त्रीको जवाफले चित्त नबुझे संसदको सम्बन्धित समितिमा अथवा संसदीय छानविन समितिमा जान सकिने बताए।

प्रकाशित: २१ चैत २०८० १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =