इलाम-२ उपनिर्वाचन : रास्वपाका लिम्बूले गराए उम्मेदवारी दर्ता

हिमाल प्रेस २४ चैत २०८० १६:३७
12
SHARES
इलाम-२ उपनिर्वाचन : रास्वपाका लिम्बूले गराए उम्मेदवारी दर्ता

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बूले शनिबार उम्मेदवारी दर्ता गराएका छन्।

श्रममन्त्रीसमेत रहेका रास्वपा उपसभापति डोलप्रसाद अर्यालसहित नेताकार्यकर्ता निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराइएकाे हाे।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गराउनेमा रास्वपाका लिम्बूसहित नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्बाङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई रहेका छन्।

प्रकाशित: २४ चैत २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − thirteen =