वन्यजन्तुका लागि कृत्रिम पोखरी

हिमाल प्रेस १३ वैशाख २०८१ २१:४५
16
SHARES
वन्यजन्तुका लागि कृत्रिम पोखरी

बाँके-  बाँके राष्ट्रिय निकुञ्जमा कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ।

बढ्दो गर्मीसँगै पानीका स्रोत सुकेपछि वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा चालु आवमा ६ वटा कृत्रिम पोखरीको व्यवस्था गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले जानकारी दिए।

निकुञ्जमा रहेका जलाशयमा पानीको सतह घटेपछि हाल ६ वटा कृत्रिम पोखरीमा बोरिङ गाडेर पानीको व्यवस्थापन गरिएका र अन्य ठाउँमा पनि पोखरी निर्माणका लागि स्थान छनोट गर्ने काम भइरहेका साहले बताए।

निकुञ्ज क्षेत्रमा पानीको स्थायी स्रोत नहुँदा गर्मीयाममा पानीको अभाव हुने र पाटेबाघलगायत निकुञ्जमा पाइने चित्तल, जरायो, नीलगाई, लगुना, चितुवा र हात्तीसहितका अन्य वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेका छन्। त्यसरी पानीको खोजीमा हिँडेका जंगली जनावर मध्यवर्ती क्षेत्रका बस्ती र पूर्वपश्चिम राजमार्गसम्म पुग्दा दुर्घटनालगायत मानव-वन्यजन्तु द्वन्द्वसमेत हुने गरेका छन्।

प्रकाशित: १३ वैशाख २०८१ २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =