पूर्वराजालाई मन्त्री मोदीको चेतावनी : आफूलाई अझै राजा नसोच्‍नू

हिमाल प्रेस १२ फागुन २०७९ १२:५४
6
SHARES
पूर्वराजालाई मन्त्री मोदीको चेतावनी : आफूलाई अझै राजा नसोच्‍नू फाइल तस्बिर।

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अझै आफूलाई राजा नसोच्न चेतावनी दिएका छन्।

शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौँमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका हुन्।

‘अहिले के चर्चा छ भने यसो एकदुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ, यो देशमा गणतन्त्र आइसकेको छ,’ उनले भने, ‘देशमा गणतन्त्र आइसकेपछि जनताको छोरा राष्ट्रपति हुन पाउँछ । कयौँ कुराहरु सामान्य रूपमा त्रुटि हुन्छ सिक्दै जाने क्रममा। तर देशको लोकतन्त्रको सबभन्दा सुन्दर पक्ष हो गणतन्त्र।’

उनले देश फेरि पश्चागमनतर्फ नफर्कने बताए। ‘पूर्वराजा ठिक ठाउँमा बस्नुपर्छ । हामीले उहाँलाई सम्मान दिएर नै भन्ने गरेका छौँ,’ उनले भने, ‘गणतन्त्रका लागि हजारौँ हजार जनताले बलिदान दिनुभयो। लाखौँ लाख जनताहरू सडकमा आउनुभयो। त्यो स्थिति अब फेरि पनि नहोस्।’

यस्तै मन्त्री मोदीले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए।

प्रकाशित: १२ फागुन २०७९ १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 1 =