नेपाल भ्रमणमा जर्मनीको संसदीय प्रतिनिधिमण्डल

हिमाल प्रेस ९ फागुन २०७९ ११:२९
12
SHARES
नेपाल भ्रमणमा जर्मनीको संसदीय प्रतिनिधिमण्डल

काठमाडौँ- जर्मनीको संसदीय प्रतिनिधिमण्डलको टोली चारदिने नेपाल भ्रमणमा छ। फागुन ७ गते नेपाल आएको ६ सदस्यीय सो टोलीले प्रधानमन्त्री, सभामुखलगायतसँग भेटघाट गरेको छ।

टोलीमा सांसदहरू रेनाटे कुनास्ट, एन्ड्रियास लारेम, पॉल लेह्रिडर, रिया श्रोडर, डा. माल्टे काउफम्यान र डा. आन्द्रे हान रहेका छन्। ‘महामारीपछिको यो भ्रमणले नेपाल र जर्मनीबीचको संसदीय सम्बन्धलाई थप सुदृढ बनाउँदै ६० वर्षभन्दा लामो समयदेखिको द्विपक्षीय मित्रता र सहयोगलाई थप बलियो बनाउनेछ,’ प्रतिनिधिमण्डलका प्रमुख रेनाट कुनास्टले भनिन्।

प्रतिनिधिमण्डलले नेपालको आर्थिक रूपान्तरण, पर्यटन प्रवर्द्धन, नेपालको शान्ति प्रक्रिया र मानवअधिकार, महिला सशक्तीकरण, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था, कृषि र क्षेत्रीय सहयोगका साथै जर्मन-नेपाल विकास सहयोगलगायतका विषयमा छलफल गरिरहेको छ।

यस्तै प्रतिनिधिमण्डलका सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह र पररास्ट्र सचिव भरतराज पौड्यालसँग भेटघाट गरे। उनीहरूले यहाँका संघीय सांसदहरूसँग पनि अन्तरक्रिया गरेका थिए।

औपचारिक भेटघाटका साथै संसदीय प्रतिनिधिमण्डलले जर्मन विकास सहयोग, नेपालमा कार्यरत जर्मन गैरसरकारी संस्था र मानवअधिकार संगठनका प्रतिनिधिसँग पनि अन्तरक्रिया गर्नेछ।

प्रतिनिधिमण्डलले इसिमोड नलेज पार्क, नेपाल व्यावसायिक प्रतिष्ठान र नेपाल सीप तथा तालिम सचिवालयको पनि भ्रमण गर्ने योजना बनाएको छ। चारदिने नेपाल भ्रमणका क्रममा संसदीय प्रतिनिधिमण्डलले भक्तपुर र बौद्धनाथस्थित सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्ने योजना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =