प्रिमियर लिग : युनाइटेड र चेल्सीको जित

हिमाल प्रेस ३ जेठ २०८१ ८:१०
4
SHARES
प्रिमियर लिग : युनाइटेड र चेल्सीको जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई पराजित गरेको छ।

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई ३ –२ ले पराजित गरेको हो।

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ३७ खेलमा ५७ अंकसहित तालिकाको आठौँ स्थानमा छ। समान खेल र समान अंक रहेको न्युक्यासल सातौँ स्थानमा छ।

यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटनलाई २ – १ ले पराजित गरेको छ।

३७ खेलमा ६० अंक रहेको चेल्सी छैटौँ स्थानमा छ। ३७ नै खेलमा ४८ अंक रहेको ब्राइटन भने १० औँ स्थानमा छ।

 

प्रकाशित: ३ जेठ २०८१ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =