प्रिमियर लिग : लिभरपुल र एस्टन भिल्ला बराबरीमा रोकिए

हिमाल प्रेस १ जेठ २०८१ ७:५३
4
SHARES
प्रिमियर लिग : लिभरपुल र एस्टन भिल्ला बराबरीमा रोकिए

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्ला बराबरीमा राकिएका छन्।

६ गोल भएको खेलमा दुवै टिमले ३–३ गोल गर्दा अंक बाँड्नु परेको हो। बराबरी अंक तालिकाले लिभरपुल तेस्रो स्थानमा र भिल्लाको चौथो स्थानमा यथावत छन्।

भिल्ला पार्कमा सोमबार राति सम्पन्न खेलमा लिभरपुल घरेलु टोलीसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।

समान खेल खेलेको भिल्ला ६८ अंकसहित चौथो स्थानमा छ। खेलको दोस्रो मिनेटमै लिभरपुलले एमिलियानो मार्टिनेजको आत्माघाती गोलमार्फत सुरुवाती अग्रता लिएको थियो।

तर, १२औँ मिनेटमा यरी टिलेम्यान्सले गोल गर्दै खेल बराबरीमा फर्काए। उनले ओली वाटकिन्सको पासमा गोल गरे। २३औँ मिनेटमा कोडी गाक्योले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए।

४८औँ मिनेटमा हार्वो इलियटको पासमा जेरेल क्वान्साहले गोल गर्दा लिभरपुल ३-१ को स्थितिमा थियो। ५२औँ मिनेटमा ओलीको गोललाई भीएआरले मान्यता दिएन।

८५औँ मिनेटमा जोन डुरानले क्यालम चेम्बर्सको पासमा गोल गर्दै भिल्लालाई ३-२ को स्थितिमा ल्याए। ८८औँ मिनेटमा डुरानले नै मुसा डायबीको पासमा गोल गर्दै खेल ३-३ को बराबरीमा सक्काए।

प्रकाशित: १ जेठ २०८१ ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =