जर्मनीमा आपराधिक गतिविधि वृद्धि : प्रतिवेदन

हिमाल प्रेस २८ चैत २०८० १७:३५
6
SHARES
जर्मनीमा आपराधिक गतिविधि वृद्धि : प्रतिवेदन

 बर्लिन- जर्मनीमा अपराध सन् २०१६ यताकै उच्चस्तरमा पुगेको जर्मनीका अधिकारीले बताएका छन्।

संघीय आपराधिक प्रहरी कार्यालयद्वारा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनले युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा अपराधमा वार्षिक ५.५ प्रतिशतले वृद्धि भएको र सन् २०२३ मा यससम्बन्धी ५९ लाख ४० हजार मुद्दा दर्ता भएको जनाएको छ। उक्त प्रतिवेदनमा दुई लाख १४ हजारभन्दा बढी अर्थात् ८.६ प्रतिशतले हिंसात्मक अपराधहरू बढेका देखिएको छ।

सरकारले कानुनी रूपमा नै हिंसाविरुद्ध कडा कदम चाल्ने र यहाँ हिंसामा शून्य सहनशीलता लागू गराउने प्रयास भइरहेको संघीय गृहमन्त्री न्यान्सी फेसरले बताइन्।

उनले विशेष गरी आपराधिक गतिविधिमा बालबालिका, किशोरकिशोरी र विदेशीको संख्यामा तीव्र वृद्धि भएको बताइन्। प्रतिवेदनले यो तथ्याङ्क क्रमश १२ प्रतिशत, ९.५ प्रतिशत र १३.५ प्रतिशतले बढेको देखाएको छ।

हिंसा नियन्त्रणका लागि बनाइएका कडा नियमहरू लागू गरिनुपर्ने र देशमा रहेका विदेशी अपराधीले छिट्टै जर्मनीबाट फिर्ता हुनेमा गृहमन्त्री फेसरले जोड दिइन्।

सन् २०२२ मा ‘अत्यधिक आप्रवासी तथ्याङ्क’ प्रकाशित गरेपछि सरकारले अवैध प्रवेश रोक्न कडा सीमा नियन्त्रण उपायहरू लागू गरेको छ।

गत महिना रुसमा १४० जनाभन्दा बढीको ज्यान गएको आतंकवादी हमलालाई उद्धृत गर्दै ‘युरोपियन च्याम्पियनसिप–२०२४’ को समयमा सीमा नियन्त्रणहरू अझ कडा बनाइने उनले बताइन्।

आतंकवादको खतरा तथा हालका वर्षहरूमा अन्य अपराधहरूमा पनि वृद्धि भएको छ। ‘फ्राइडरिच एबर्ट फाउन्डेसन’ द्वारा प्रकाशित सर्वेक्षणअनुसार विशेष गरी दक्षिणपन्थी विचारहरू व्यापक हुँदै गइरहेका र आठ प्रतिशत मानिसहरूले त्यस्ता विचार राख्ने गरेको उल्लेख गरिएको छ।

जर्मनीमा राजनीतिज्ञहरूले विदेशीद्वारा हुने अपराधमा भएको वृद्धिलाई बढाइचढाइ नगर्न आग्रह गरिरहेका छन्। रासस/सिन्ह्वा 

प्रकाशित: २८ चैत २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =